Kathmandu Press

क्रिकेटमा सट्टेबाजी गरेको आशंकामा कीर्तिपुर मैदानबाट एकजना पक्राउ

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग टुअन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जानकारी दिएको हो।
क्रिकेटमा सट्टेबाजी गरेको आशंकामा कीर्तिपुर मैदानबाट एकजना पक्राउ

काठमाडौं, फागुन ५ : कीर्तिपुरमा भइरहेको क्रिकेटमा सट्टेबाजी गरेको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग टुअन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जानकारी दिएको हो।

आज (शुक्रबार) भइरहेको खेलमा स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।

पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन। पछिल्लो समय क्रिकेट खेलमा सट्टेबाजी र म्याच फिक्सिङका घटना बाहिरिएपछि प्रहरीले सूक्ष्म रुपमा निगरानी गर्न थालेको छ।

केही दिनअघि मात्र ब्युरोले नेपाल टी–२० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाको अनुसन्धान सकाएको छ।

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्