Kathmandu Press

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपाल खेल्दै 

शृंखलामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि, भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हराउँदा स्कटल्यान्डले पनि नामिबियाविरुद्ध १० विकेटको फराकिलो जित निकालेको थियो । 
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपाल खेल्दै 

काठमाडौं, फागुन ५ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा आज नेपालले स्कटल्यान्डविरुद्ध खेल्दै छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । शृंखलामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि, भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हराउँदा स्कटल्यान्डले पनि नामिबियाविरुद्ध १० विकेटको फराकिलो जित निकालेको थियो । 

एकदिवसीय मान्यता जोगाउन नेपाल जितको दबाबमा छ । तालिकाको छैटौं स्थानमा रहेको नेपालले २५ खेल खेल्दा २० अंक जोडेको छ । 

यता, तीन खेलअगावै लिग–२ च्याम्पियन बनेको शीर्ष स्थानको स्कटल्यान्डले ३३ खेलबाट ४८ अंक जोडेको छ । तेस्रो स्थानको नामिबियाले ३२ खेलबाट ३७ अंक जोडेको छ । 
 

प्रकाशित मिति: ०८:२२ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्