तनहुँमा बस दुर्घटना, एकको मृत्यु, २५ घाइते
तनहुँ, पुस २५ : तनहुँको घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ यात्रु घाइते भएका छन्।
....
तनहुँ, पुस २५ : तनहुँको घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ यात्रु घाइते भएका छन्।
शुक्रबार पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
भिमाद इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भेषराज रेग्मीका अनुसार, दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ।
दुर्घटनामा घाइते भएका २१ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचारभइरहेको छ।
तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार