आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा
आज बिहान भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ गोलले हरायो । सिटीका केभिन डी ब्रुनो, ज्याक ग्रेलिस र इर्लिङ हालाण्डले गोल गरे।
काठमाडौं, फागुन ४ : इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको छ ।
आज बिहान भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ गोलले हरायो । सिटीका केभिन डी ब्रुनो, ज्याक ग्रेलिस र इर्लिङ हालाण्डले गोल गरे।
आर्सनलका बुकायो साकाले पेनाल्टीमा गोल गरे । जितसँगै सिटी प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लिएको छ ।
उसको २३ खेलमा ५१ अङ्क भएको छ । २२ खेलमा समान ५१ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: ०७:४० बजे, बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार