आइसिसी विश्वकप लिग–२ मा नामिबिया र स्कटल्याण्ड भिड्दै
आज बिहान ९ः०० बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा दुवै टोलीले बिजयका लागि प्रतिस्पर्धा गर्नेछन् । नामिबिया हिजो नेपालसँग दुई बिकेटले पराजित भएको थियो ।
काठमाडौं, फागुन ३ : आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियाले आज स्कटल्याण्डसँग खेल्दैछ ।
आज बिहान ९ः०० बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा दुवै टोलीले बिजयका लागि प्रतिस्पर्धा गर्नेछन् । नामिबिया हिजो नेपालसँग दुई बिकेटले पराजित भएको थियो ।
उता, स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो, उसका लागि नेपालमा पहिलो पटक खेल हुनेछ । स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्षस्थानमा छ भने नामिबिया ३१ खेलमा १८ मा जित र १२ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: ०८:२७ बजे, बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार