Kathmandu Press

ट्वीटरले ट्वीटको प्रत्युत्तर दिनबाट रोक्ने

ट्वीटर प्रयोगकर्ताले अब ट्वीटमा अरूलाई प्रतिक्रिया दिनबाट रोक्नसक्ने भएका छन्। यसले गुणस्तरीय कुराकानी गराउँदै असामाजिक व्यवहार रोक्न सहयोग पुग्ने ट्वीटरले जनाएको छ।

ट्वीटरले ट्वीटको प्रत्युत्तर दिनबाट रोक्ने

ट्वीटर प्रयोगकर्ताले अब ट्वीटमा अरूलाई प्रतिक्रिया दिनबाट रोक्नसक्ने भएका छन्। यसले गुणस्तरीय कुराकानी गराउँदै असामाजिक व्यवहार रोक्न सहयोग पुग्ने ट्वीटरले जनाएको छ।

तर यो नयाँ “फिचर” ले गलत सूचना फैलनबाट रोक्ने ट्वीटरको महत्वकांक्षालाई कमजोर बनाउन सक्छ। दुई उद्देश्यलाई ट्वीटरले कसरी व्यवस्थापन गर्छ स्पष्ट छैन।

लास भेगासमा भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शोको एउटा प्रेस सम्मेलनमा ट्वीटरको प्रोडक्ट म्यानेज्मेन्टका निर्देशक सुजेन सिले ट्वीटरमा कुराकानी गर्नेहरूका लागि यो वर्ष नयाँ “सेटिङ” ल्याउने बताइन्। अब प्रति ट्वीट चार वटा विकल्प हुनेछ:

Hardik ivf

“ग्लोबल”: अहिलेजस्तै, जोकोहीले कुनै पनि ट्वीटमा प्रत्युत्तर/प्रतिक्रिया दिन सक्नेछन्।

“ग्रुप”: व्यक्तिले “फलो” गर्नेले मात्रै प्रत्युत्तर/प्रतिक्रिया दिनसक्छन्। ट्वीटमा “मेन्सन” भएकाले पनि प्रतिक्रिया दिन सक्छन्।

“प्यानल”: ट्वीटमा “मेन्सन” भएकाले मात्रै प्रत्युत्तर/प्रतिक्रिया दिनसक्छन्।

“स्टेटमेन्ट”: जोकोहीले प्रत्युत्तर/प्रतिक्रिया दिन पाउने छैनन्।

ट्वीटरले सन् २०२० को पहिलो त्रैमासिकदेखि यो फिचरको परीक्षण गर्ने तयारी थालेको छ। वर्षको अन्त्यसम्म यो “फिचर” विश्वभरि नै उपलब्ध गराउने कम्पनीको योजना छ।

“ट्वीटरमा हामीले सोंचेजस्तो हुँदैन,” सिले भनिन्। नयाँ अवधारणाले ट्वीटरको “टक्सिक” छाप केही मात्रामा घटाउने अनुमान गरिएको छ।

“लाइक” वा “रिट्वीट” भन्दा धेरै “रिप्लाइ” पाउने ट्वीटलाई “र्‍याटिओड” भनिन्छ। यो नमिठो अनुभव हुनसक्छ। त्यसैगरी, साथीभाइबीच हुने कुराकानी कुनै अपरिचितले भाँड्न सक्छन्। यसले साथी साथीको कुराकानीमा प्रतिकूल प्रभाव पार्न सक्छ।

तर नयाँ अवधारणा गलत सूचनासम्बन्धी ट्वीटरको नीति विरूद्ध पनि हुनसक्छ। फेसबुकभन्दा विपरीत ट्वीटरमा “फ्याक्ट¬ चेकिङ प्रोग्राम” छैन। निर्वाचनमा हस्तक्षेप गर्नसक्ने केहि साँघुरा गलत सूचनालाई मात्रै यसले प्रतिबन्ध लगाउँछ। कम्पनि भन्छ,“ट्वीटरको खुला र रियल टाइम प्रकृति सबै प्रकारका गलत सूचना प्रवाहको एन्टिडोट हो।”

सन् २०१७ मा तत्कालिन हेड अफ पब्लिक पोलिसी कोलिन क्रोवेलले पनि यस्तै भनेका थिए।

“सेकेन्डरभित्रै पत्रकार, विज्ञ र संलग्न नागरिकले ट्वीटमार्फत् सच्याउन सक्छन् र सार्वजनिक सङ्कथनलाई चुनौती पनि दिन्छन्,” उनले भनेका थिए,“यस्ता महत्त्वपूर्ण छलफल ट्वीटरमा प्रत्येक दिन हुन्छ। हामी गुणस्तरीय र सबैभन्दा सान्दर्भिक विषय र सन्दर्भ पस्किरहेका छौं भनेर सुनिश्चित गर्दछौं।”

नयाँ “फिचर” ले गलत सूचना फैलाउनेलाई आफ्नो ट्वीट “स्टेटमेन्ट” को रूपमा सङ्केत गर्न सजिलो हुनेछ जसले ती “महत्त्वपूर्ण अन्तर्क्रिया” हुन दिनेछैन।

यस्तै एउटा “फिचर” अहिले पनि “स्क्यामर” ले प्रयोग गरिरहेका छन्। सो “फिचर” ले उनीहरूको झूठो ट्वीटको सत्यतथ्य पत्ता लगाउने प्रत्युत्तर/प्रतिक्रिया हटाउन सहयोग पुग्दछ।

यिनै त्रासको प्रतिक्रियामा त्यस्ता गलत सूचनालाई उद्धृत गर्न मिल्ने तर “परीक्षणकालमा त्यस्तो प्रचलनलाई नजिकबाट नियाल्ने” सिले बताए।

दि गार्जियन 

प्रकाशित मिति: ०७:०७ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्