Kathmandu Press

इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न अमेरिका तयार

काठमाडौं, पुस २५ : केही दिनयता दुई देशबीच तनाव चुलिएपनि अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको बताएको छ। तर संयुक्त रा....

इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न अमेरिका तयार

काठमाडौं, पुस २५ : केही दिनयता दुई देशबीच तनाव चुलिएपनि अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको बताएको छ। तर संयुक्त राष्ट्रसङ्घलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ ।

इरानले सो हत्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानले पनि सो आक्रमण आफूले आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसङ्घलाई बताएको छ। सुलेमानी इरानमा धेरै शक्तिशाली मानिन्थे। उनलाई इरानको नीतिनिर्माताका रूपमा हेरिन्थ्यो। उनको अन्तिम संस्कारमा दशौँ लाख इरानीहरू सहभागी भएका थिए। इरानका सर्वोच्च नेता आयतूला अली खामनेईले क्षेप्यास्त्र आक्रमणलाई अमेरिकाको गालामा चड्कनको रूपमा व्याख्या गर्दै मध्यपूर्व क्षेत्रमा अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्ने बताएका छन्। सुलेमानीसँग इराकी विद्रोही समूहका नेता पनि मारिएको र इरानसमर्थित ती समूहले पनि बदला लिने बताएका छन्।

तर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सीबीएस न्यूजसँग कुरा गर्दै इरानले ती समूहलाई अमेरिकामाथि आक्रमण नगर्न भनेको बताएका छन्। अमेरिकी संसद्‍को तल्लो सदनमा बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसद्को अनुमति नलिई इरानविरुद्ध युद्ध स्वीकृत गर्ने अधिकार नियन्त्रण गर्ने सम्बन्धमा मतदान हुँदैछ। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानक कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्य’ ले वार्ता गर्न तयार रहेको बताएकी छन्।

सुलेमानीको हत्या संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा गरिएको छ। उक्त धारामा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने उल्लेख छ।(बीबीसी)  

प्रकाशित मिति: ०६:५१ बजे, शुक्रबार, पुस २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्