Kathmandu Press

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ९ महिनादेखि तालाबन्दी

भीमदत्तनगर, पुस २४ : कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय नौ महिनादेखि निरन्तर तालाबन्दीको शिकार बनेको छ।

नेपाल....

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ९ महिनादेखि तालाबन्दी
फाइल

भीमदत्तनगर, पुस २४ : कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय नौ महिनादेखि निरन्तर तालाबन्दीको शिकार बनेको छ।

नेपाल विद्यार्थी संघ कञ्चनपुरले नौ महिनादेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहँदा सरोकारवाला निकाय भने मौन छन्। नेविसङ्घले तत्कालीन उपकुलपति र रजिस्टारलाई गरिएको बर्खास्ती पुनःबहालीको माग अघि सारेर तालाबन्दी गरेको भए पनि निलम्वनमा परेका पदाधिकारीको समयावधि सकिसकेको भए पनि तालाबन्दी खुल्न सकेको छैन।

Hardik ivf

विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा भुषण श्रेष्ठ र रजिस्टार द्विजराज भट्टले कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ मा गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेपछि विवाद शुरु भएको थियो।

गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डीन डा गोविन्द विष्टलाई रजिस्टारको जिम्मेवारी दिइयो। “एउटै विश्वविद्यालयमा दुई वटा उपकुपति र दुई वटा रजिस्टार हुने अवस्था आएप्छि पदमुक्त भएकैलाई जिम्मेवारीमा फर्काउन तालाबन्दी गरेका हौँ”, नेविसंघका पूर्वकेन्द्रीय सदस्य कैलाश चन्दले भने, “अहिले सरकारले उपकुलपति र रजिस्टार नियुक्तमा गरिएको ढिलाइले अन्योलता बढेको छ।” उनले वरिष्ठता र योग्यताका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्नुपर्ने माग रहेको बताए। 

उता विश्वविद्यालयका कर्मचारीले केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कामकाज गर्न नपाएको गुनासो छ। विश्वविद्यालयको तालाबन्दी खुलाउन जिल्ला प्रशासन कार्यालयदेखि सर्वदलीय संयन्त्रमा पनि बहसको विषय बनेछ तर  तालाबन्दी भने खुलाउन सकिएको छैन। जिम्मेवारीमुक्त गरिएका तत्कालीन उपकुलपति श्रेष्ठको समयावधि गत भदौमा सकिएको छ भने रजिस्टार भट्टको पदावधि माघ महिनामा सकिँदैछ।

विश्वविद्यालयको उपकुलपतिमा कामचलाउरुपमा नियुक्त गरिएका प्रा डा पूर्णबहादुर चन्दले आफ्नो कार्यावधि गत मङ्सिर ६ गते सकिएको बताए। “नियुक्त दिँदा शुरुमा अर्को व्यवस्था नभएसम्म भन्दै पत्र दिइएको थियो”, उनले भने, “पछि फेरि तीन महिनाका लागि दिइएको भए पनि त्यो समय सकिसकेको छ।” उनले करिव आठ महिना विश्वविद्यालयको नेतृत्व तालाबन्दीमै गरे।  उपकुलपतिविहीन रहेको विश्वविद्यालयले नयाँ पदाधीकारी नआउँदासम्म कर्मचारीले कार्यालय बाहिरबाटै सञ्चालन गरिरहेका छन्। रासस

प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्