Kathmandu Press

वेस्टहमसँग रोकियो चेल्सी

यो बराबरीपछि ३१ अंकसहित चेल्सी नवौं स्थानमा छ भने २० अंक जोेडेको वेस्टहम १५औं स्थानमा छ।
वेस्टहमसँग रोकियो चेल्सी

काठमाडाैं, माघ २८ : इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा चेल्सी वेस्टहमसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलमा १३औं मिनेटमा जोआ फेलिक्सको गोलमा चेल्सीले सुरुआती अग्रता लियो । चेल्सीका लागि फेलिक्सको यो पहिलो गोल हो। जनवरी ट्रान्सफर विंन्डोमा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा चेल्सी आएका हुन्।

फेलिक्सले जनवरी १३ मा फुलहमविरुद्ध डेब्यू गरेका थिए। तर, डेब्यू खेलमा रातो कार्ड पाएपछि तीन खेल प्रतिबन्धमा परेका थिए। प्रतिबन्धपछि उनले वेस्टहमविरुद्ध पहिलो खेल खेलेका थिए।

२८औं मिनेटमा इमर्सन पाल्मेरीले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

यो बराबरीपछि ३१ अंकसहित चेल्सी नवौं स्थानमा छ भने २० अंक जोेडेको वेस्टहम १५औं स्थानमा छ।

प्रकाशित मिति: २०:४७ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्