रग्बी लिग आइतबारबाट हुने
प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोबिनमा प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं, माघ २७ : नेपाल रग्बी संघको आयोजनामा तेस्रो रग्बी लिग यही माघ २९ गतेदेखि सुरु हुने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। ।
प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोबिनमा प्रतिस्पर्धा गर्नेछन् ।
हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन् भने गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका एक–एक खेलाडी छन्। बाँकी दुई टोलीमा विदेशी खेलाडी नरहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा यही माघ २९ गते, फागुन ३ गत र फागुन ६ गते समान दुई–दुई खेल हुनेछ । यसअघि भएको पहिलो संस्करणको खेलमा आर्मी र दोस्रो संस्करणको खेलमा गोर्खाली रग्बी क्लबले उपाधि जितेको थियो।
प्रकाशित मिति: २०:१८ बजे, शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











