Kathmandu Press

उत्कृष्ट प्रशिक्षकका लागि एन्सोलोटी, ग्वार्डिओला र स्कोलानी नाेमिनेशनमा

फिफा अवार्ड २०२२ अन्तर्गत उत्कृष्ट प्रशिक्षकका अन्तिम सूचीमा एन्सोलोटी, ग्वार्डिओला र स्कोलानी परेका हुन्।
उत्कृष्ट प्रशिक्षकका लागि एन्सोलोटी, ग्वार्डिओला र स्कोलानी नाेमिनेशनमा

काठमाडाैं, माघ २७ : सन् २०२२ को उत्कृष्ट प्रशिक्षका लागि कार्लो एन्सोलोटी, पेप ग्वार्डिओला र लियोनल स्कोलानीबीच प्रतिस्पर्धा हुने भएको छ। फिफा अवार्ड २०२२ अन्तर्गत उत्कृष्ट प्रशिक्षकका  अन्तिम सूचीमा एन्सोलोटी, ग्वार्डिओला र स्कोलानी परेका हुन्।

फिफाले यो पटकबाट फिफा वेस्ट अवार्डको ढाँचा परिवर्तन गरेको छ। यसअघि सिजनको अधारमा दिइँदै आएको यो पटक वर्षभरी गरेको प्रदर्शनका आधारमा दिइनेछ।

एन्सोलोटीको प्रशिक्षणमा रियल मड्रिडले गत सिजन ला लिगा र च्याम्पियन्स लिग उपाधि दिलाएका थिए। यस्तै, ग्वार्डिओलाको प्रशिक्षणमा म्यान्चेस्टर सिटीले प्रियिमर लिग उपाधि जितेको थियो ।

यस्तै, स्कोलानीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि दिलाएका थिए। ४४ वर्षीय स्कोलानी विश्वकप जित्ने कान्छा प्रशिक्षक पनि हुन्।

महिलातर्फ उत्कृष्ट प्रशिक्षकको सूचीमा फ्रेन्च क्लब लियोनका सोनिया बोम्पास्टर, ब्राजिलियन महिला टिमकी पिअ सुन्धग तथा इंग्ल्यान्डको महिला टिमकी सरिना वेग्मन प्रतिस्पर्धात्मा छन्।

प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्