बंगलादेशबाट महिला फुटबल टाेली स्वदेश फिर्ता
शुक्रबार दिउँसो स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए।
काठमाडाैं, माघ २७ : बंगलादेशमा भएको साफ यु-२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ।
शुक्रबार दिउँसो स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए।
स्वदेश फर्किपछि यू–२० नेपाली फुटवल टोलीकी कप्तान प्रिति राइले प्रतियोगीताको उपाधी जित्न नसक्दा दुख लागेपनि समग्रमा राम्रो खेल प्रदर्शन गरिएको बताए। नयाँ ठाउमा गएर खेल्न जाँदा पहिलो दुई खेल कठिन भएपनि त्यसपछिको खेल सहज हुदै गएको उहाले बताए।
त्यस्तै यु_२० नेपाली फुटवल टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले समग्रमा खेल राम्रो भएको बताए। उनले फाइनलमा नेपालको रणनीति सफल भएपनि उपाधी भने जित्न नसकेको धारणा राखे।
साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो। फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको थियो।




-1785310167.jpg)






