Kathmandu Press

यू–२० महिला साफमा उपविजेता बन्यो नेपाल

बिहीबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा बंगलादेशसँग ३–०ले पराजित हुँदै नेपाली टिम उपाधिबाट वञ्चित भयो।
यू–२० महिला साफमा उपविजेता बन्यो नेपाल

काठमाडाैं, माघ २६ : नेपाली टिम यू–२० महिला साफ च्याम्पियनसिपको उपाधि जित्नबाट बञ्चिन भएको छ। बिहीबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा बंगलादेशसँग ३–०ले पराजित हुँदै नेपाली टिम उपाधिबाट वञ्चित भयो।

बिहीबारको ४२औं मिनेटमा साहेहेदा अख्तर रिपाले गोल घरेलु टोलीले अग्रता लियो । पहिलो हाफकै इन्जुरी समयमा कप्तान साम्सुन्नाहारले गोल गरेपछि बंगलादेशले नेपालविरुद्ध पहिलो हाफमा २–०को अग्रता लियो।

८७औं मिनेटमा बंगलादेशका लागि उनोती खातुनले गोल गरेपछि बंगलादेश ३–०को जित निकाल्यो। खेलमा नेपालले पनि गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन्।

प्रतियोगितामा नेपाल बंगालदेश दोस्रो पटक पराजित भएको हो। लिग चरणमा नेपाल ३–१ले पराजित भएको थियो।

नेपाल दोस्रो पटक फाइनल पुगेर पनि उपाधिबाट बञ्चित भएको हो यसअघि नेपाल सन् २०१८मा पनि बंगालादेशसँगै पराजित भएको थियो।

प्रकाशित मिति: २१:४१ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्