Kathmandu Press

चार दिने टेस्टको विपक्षमा तेन्दुलकर

भारतीय क्रिकेटका हस्ती सचिन तेन्दुलकरले आफू पाँच दिने टेस्ट क्रिकेटलाई चार दिने बनाउने प्रस्तावविरूद्ध रहेको बताएका छन्। युवा दर्शकलाई आकर्षित गर्ने दौडमा क्रिकेट....

चार दिने टेस्टको विपक्षमा तेन्दुलकर
स्क्रोल इन

भारतीय क्रिकेटका हस्ती सचिन तेन्दुलकरले आफू पाँच दिने टेस्ट क्रिकेटलाई चार दिने बनाउने प्रस्तावविरूद्ध रहेको बताएका छन्। युवा दर्शकलाई आकर्षित गर्ने दौडमा क्रिकेटको मूल आधारबाटै टाढा हुनबाट उनले चेतावनी दिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त तालिकालाई एक दिन घटाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले (आइसिसि) छलफल गर्ने तयारी थालेको छ। गएको दशकमा ट्वेन्टीट्वेन्टी लिगको चर्चा बढ्दै गएको छ। चर्चासँगै क्रिकेटको लामो प्रतिस्पर्धाबारे बहस पनि सुरू भएको छ। ट्वेन्टीट्वेन्टीको उदयसँगै क्रिकेटको केन्द्रबिन्दु अष्ट्रेलिया र बेलायतमा टेस्ट क्रिकेटे हेर्ने दर्शक घट्दै गएका छन्।

तर तेन्दुलकरले टेस्ट म्याचलाई आकर्षक बनाउन र छोटो फर्म्याटको खेलमा दर्शकको आकर्षण घटाउन अन्य उपायहरू भएको सुझाव दिएका छन्। 

Hardik ivf

“शुद्ध क्रिकेटप्रेमीले पाँच दिने म्याच नै मनपराउँछन् किनभने त्यहाँ चुनौती हुन्छ,” उनले भने। “टेस्ट क्रिकेटलाई सिमित ओभरको खेलको लामो स्वरूपको रूपमा हेर्नुहुँदैन।”

तेन्दुलकरले सन् २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। १५,९२१ रन र ५१ शतकसहित अन्तर्राष्ट्रिय क्रिकेटमा उनले किर्तिमान बनाएका छन्।

क्रिकेटमा परिवर्तन भए पनि टेस्टको साटो नयाँ शैलीको आकर्षणमा मात्रै केन्द्रित हुने गल्ती हुने उनले बताएका छन्।

“टेस्ट क्रिकेटदेखि एक दिवसीय क्रिकेट सुरू भयो। खेलप्रेमीले त्यसलाई रमाइलो माने। त्यहाँबाट ट्वेन्टीट्वेन्टी सुरू भयो। अब सय बलको खेल पनि आउनसक्छ,” उनले भने, “नयाँ पुस्ताका लागि थुप्रै नयाँ कुराहरू उत्पादन भइरहेका छन्। तर नयाँ कुरा सिकेसँगै आफ्नो मूल पनि बिर्सनु हुँदैन। शुद्ध क्रिकेटप्रेमीको रूपमा टेस्ट क्रिकेटलाई जोगाउनु महत्त्वपूर्ण छ।”

चार दिने खेललाई आइसिसिले सन् २०१७ देखि मान्यता दिदैं आएको छ। आयोजक दक्षिण अफ्रिकाले जिम्बाब्वे विरूद्ध र बेलायतले आयरल्यान्ड विरूद्ध एक खेल खेलिसकेको छ। चौथो दिनमै टेस्ट क्रिकेट सकिने क्रम बढ्दो छ। छोटो अवधि र बढी नाफा हुने खेल तालिकामा प्रशासकहरू आकर्षित हुन थालेका छन्।
टेस्ट क्रिकेटलाई बढी आकर्षक बनाउन अझ राम्रो खेल मैदान बनाउनुपर्ने तेन्दुलकरले बताएका छन्।

“टेस्ट क्रिकेटको मुटु के हो? मेरो विचारमा राम्रो पिचनै त्यसको उत्तर हो। त्यहाँ बलरका लागि पर्याप्त अवसर हुन्छ,” उनले भने। “आइसिसिले दर्शकका लागि उत्साहजनक विकेट उपलब्ध गराउनुपर्छ। अनि उनीहरू हेर्न आउनेछन्। बलरले ब्याट्सम्यानको परीक्षा लिने सतह उपलब्ध गराउनुपर्छ।”

“बलरको परीक्षण हुने दुईटा स्वरूप छ - एक दिवसीय र ट्वेन्टीट्वेन्टी। त्यसैले ब्याट्सम्यानको परीक्षण हुने एउटा स्वरूप हुनैपर्छ। त्यसैले यसलाई टेस्ट क्रिकेट भनिएको हो। यसले सबैको परीक्षा लिनुपर्छ।”

“बलरका लागि उपयुक्त पिच भए टेस्ट क्रिकेटले बढी दर्शक पाउनेछ,” तेन्दुलकरले भने।

सबै प्रकारका क्रिकेटमा शतक बनाउने तेन्दुलकर एक मात्र खेलाडी हुन्। पाँच दिने टेस्ट क्रिकेटलाई चार दिनमा झार्दा दर्शक बढ्नेमा उनलाई शंका छ। यसले स्पिनरलाई पनि जोखिम सिर्जना हुने उनी बताउँछन्।

“स्पिनरहरू चौथो र पाँचौं दिनको प्रतिक्षामा हुन्छन्। पिच पनि त्यही अनुसार तयार भएको हुन्छ,” उनी भन्छन्,“फास्ट बलबाट एक दिन खोसेजस्तै हुन्छ। टेस्ट क्रिकेटमा पाँचौं दिनमा धेरै कुरा हुन्छ। स्पिनर भएको टोली अप्ठ्यारोमा पर्छ। उपमहादेशीय टोली स्पिनरमा भरपर्छन्।”

“हरियो मैदानमा पहिलो दिनका तिव्र गतिका बलरसँग खेलेजस्तै खस्रो मैदानमा स्पिनरसँग पनि खेल्न सक्नुपर्छ,” तेन्दुलकर भन्छन्,“यो पनि क्रिकेटको अंग हो।”
क्रिकेटका शीर्ष पाँच   भारत, अष्ट्रेलिया, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका र बेलायतबाहेकका देशलाई पनि प्रतिस्पर्धी बनाए टेस्ट क्रिकेटले अझ आकर्षक हुने उनी बताउँछन्।

“सबैजना परिमाणमा केन्द्रित छन्। पाँच दिनदेखि चार दिन...हामीले गुणस्तरमा ध्यान दिनुपर्छ,” तेन्दुलकरले भने।

“शीर्ष पाँच टिमलाई चुनौती दिन सकिएको छैन। धेरैभन्दा धेरै टिम प्रतिस्पर्धी भएको र टेस्ट क्रिकेट खेलेको आइसिसिले सुनिश्चित गर्नुपर्दछ। तर त्यो प्रतिस्पर्धा भइरहेको छैन। त्यसैले त्यस्तो मापदण्ड कसरी बढाउने र उनीहरू प्रतिस्पर्धी हुने गरि टेस्ट क्रिकेटको वकास गर्न हामीले ध्यान केन्द्रित गर्नुपर्दछ।”

रोयटर्स  
 

प्रकाशित मिति: ०८:११ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्