Kathmandu Press

शिक्षालयहरूले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ : सभामुख घिमिरे

बिहीबार काठमाडौंमा १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालमा खेल क्षेत्रको विकास गर्न प्राथमिक विद्यालयदेखि उच्च विद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
शिक्षालयहरूले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ : सभामुख घिमिरे

काठमाडाैं, माघ २६ : सभामुख देवराज घिमिरेले प्राथमिक विद्यालयदेखि उच्च विद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालमा खेल क्षेत्रको विकास गर्न प्राथमिक विद्यालयदेखि उच्च विद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

उनले खेलको माध्यमबाट राष्ट्रको चिनारी हुने भएकाले सवै मिलेर यस क्षेत्रलाई मागि उठाउनुपर्ने आवश्यता रहेको धारणा राखे। सार्वजनिक संस्थानहरु मिलेर आयोजना गरेको प्रतियोगिताले खेलको बिभिन्न क्षेत्रमा थप योगदान पुग्ने उनको भनाइ छ।

बिहीबारबाट सुरु सार्वजनिक संस्थान खेलकुद प्रतियोगितामा बिभिन्न सार्वजनिक संस्थानका टीमहरुले व्याडमिन्टन खेलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्