Kathmandu Press

१२२ चिनियाँलाई लैजान दुई चिनियाँ जहाज काठमाडौंमा

काठमाडौं, पुस २३ : नेपालमा गैरकानूनी धन्दामा संलग्न रहेको अभियोगमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई लैजान दुई चिनियाँ जहाज काठमाडौं आइपुगेका छन....

१२२ चिनियाँलाई लैजान दुई चिनियाँ जहाज काठमाडौंमा
फाइल

काठमाडौं, पुस २३ : नेपालमा गैरकानूनी धन्दामा संलग्न रहेको अभियोगमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई लैजान दुई चिनियाँ जहाज काठमाडौं आइपुगेका छन्। 

चिनियाँ नागरिक लैजान चार्टर गरिएका चिनियाँ जहाज (चाइना इस्टर्न र चाइना साउर्थन) बुधबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। पक्राउ परेका १२२ चिनियाँ नागरिकमध्ये चाइना इस्टर्नमा ४२ जना र बाँकी सबैलाई चाइना साउर्थन जहाजमा चीन पठाइने छ।

त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थल कार्यालयलका महानिर्देशक देवेन्द्र केसीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई चाइना इस्टर्नको एमयू ७१७६ र चाइना साउर्थनको सीजेट ३००२ जहाजमार्फत बुधबार साँझ चीन पठाउन लागिएको हो।

नेपालस्थित चिनियाँ दूतावासले सोमबार अपराह्न अध्यागमन विभागलाई नेपालमा पक्राउ परेका १ सय २२ जनाको इन्ट्री परमिट बुझाएलगत्तै उनीहरुलाई फिर्ता पठाउने प्रक्रिया सुरु गरिएको थियो। 

अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई  दुई हजार रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो।  उनीहरुको जरिवानाको पैसा सबै नेपालस्थित चिनियाँ दूतावासले मंगलबार नै तिरिदिएको थियो। 

नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो। 
 

प्रकाशित मिति: १७:४२ बजे, बुधबार, पुस २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्