Kathmandu Press

फिफा क्लब विश्वकपको फाइनलमा रियल मड्रिड 

रियलले जितमा ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत अग्रता लिएको थियो। यस्तै ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले टिमका लागि दोस्रो गोल थपे।
फिफा क्लब विश्वकपको फाइनलमा रियल मड्रिड 

काठमाडौं, माघ २६ : रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। ​ मोरक्कोमा गएराति भएको सेमिफाइनलमा इजिप्टको अल आलीमाथि ४ –१ गोलको सहज जित हात पारेको हो।

रियलले जितमा ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत अग्रता लिएको थियो। यस्तै ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले टिमका लागि दोस्रो गोल थपे।

६५ औं मिनेटमा अल आलीले खेलमा फर्कने प्रयास गर्‍यो। अली मालोउलले पेनाल्टीमा गोल गर्दै रियलसँगको दूरी २–१ मा झारेका थिए।

८७ औं मिनेटमा लुका मोड्रिच पेनाल्टीमा चुके। उनको प्रहार अल आलीका गोलकिपर मोहम्मद अल सेनावीले बचाएका थिए। तर रियालका लागि यो पेनाल्टी महंगो सावित भने भएन। इन्जुरी समयमा रोद्रिगोले गोल गरेपछि रियाल बलियो स्थितिमा पुगेको थियो। लगत्तै वैकल्पिक खेलाडी सर्जियो आरिबासको गोलसंगै रियाल उपाधि नजिक पुग्यो।

दश पटकको अफ्रिकन च्याम्पियन अल आलीले भने तेस्रो पटक फाइनल पुग्ने मौका गुमायो। यसअघि अल आली सन् २००६, २०२० दोस्रो र २०२१ मा तेस्रो भएको थियो।

रियालले शनिबार साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ। अल हिलाल ब्राजिलको फ्लामियालाई पराजित गर्दै फाइनल पुगेको हो।

प्रकाशित मिति: ०८:२५ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्