Kathmandu Press

यू–२० साफ महिला च्याम्पियनसिप फुटबल उपाधिका लागि नेपाल र बङ्लादेशसँग खेल्ने

खेल ढाकामा बेलुका पौने ६ बजे हुनेछ ।  आज घरेलु टोली बङ्लादेशलाई पराजित गर्दै उपाधि जित्ने नेपालको दाउ छ ।
यू–२० साफ महिला च्याम्पियनसिप फुटबल उपाधिका लागि नेपाल र बङ्लादेशसँग खेल्ने

काठमाडौं, माघ २६ : बङ्लादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले बङ्लादेशसँग खेल्दैछ ।  

खेल ढाकामा बेलुका पौने ६ बजे हुनेछ ।  आज घरेलु टोली बङ्लादेशलाई पराजित गर्दै उपाधि जित्ने नेपालको दाउ छ ।

नेपालका मुख्य प्रशिक्षक यम गुरुङले कडा प्रतिस्पर्धा गर्ने बताएका छन् । बङ्लादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले पनि फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगितामा नेपाल र  आयोजक बङ्लादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: ०७:४१ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्