Kathmandu Press

इरानमा भएको विमान दुर्घटनामा १७६ को मृत्यु (अपडेट)

काठमाडौं, पुस २३ : इरानमा भएको विमान दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको जनाएको छ।

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै सी....

इरानमा भएको विमान दुर्घटनामा १७६ को मृत्यु (अपडेट)

काठमाडौं, पुस २३ : इरानमा भएको विमान दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको जनाएको छ।

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै सीएनएनले एक सय ७६ जनाको मृत्यु भएको जनाएको छ। जसमा १६७ यात्रु र नौ जना चालक दलका सदस्य रहेको उल्लेख छ। यस अघि विमानमा १८० यात्रु रहेको जनाइएको थियो।

आज बिहान इरानको तेहरानबाट उडेको युक्रेन इन्टरनेसनलको बोइङ ७३७ जहाज दुर्घटनामा परेको थियो। इमाम खामोसी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा परेको थियो।

इरानको अद्र्धसरकारी समाचार संस्था आईएसएनएका अनुसार, प्राविधिक समस्याले नै दुर्घटना भएको हो।

प्रकाशित मिति: १२:१३ बजे, बुधबार, पुस २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्