Kathmandu Press

१८० यात्रु बोकेको विमान इरानमा दुर्घटना

काठमाडौं, पुस २३ : इरानको राजधानी तेहरानमा उडेको युक्रेन इन्टरनेसनलको बोइङ ७३७ जहाज दुर्घटनामा परेको छ।

आज बिहान तेहेरानको इमाम खामोसी विमान....

१८० यात्रु बोकेको विमान इरानमा दुर्घटना

काठमाडौं, पुस २३ : इरानको राजधानी तेहरानमा उडेको युक्रेन इन्टरनेसनलको बोइङ ७३७ जहाज दुर्घटनामा परेको छ।

आज बिहान तेहेरानको इमाम खामोसी विमानस्थलबाट उडेको केहीबेरमै जहाज दुर्घटनामा परेको जनाएको छ। जहाज एक सय ८० यात्रु र १२ जना चालक दलका सदस्य रहेका थिए।

इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार, यो जहाज युक्रेनको राजधानी केइभ जान लागेको थियो। प्राविधिक समस्याले जहाज दुर्घटनामा परेको जनाएको छ।

इरानकाे रेड क्रिसेन्ट संस्थाले जहाजमा रहेका यात्रु र चालक दलका सदस्य जिवितै भेटिने सम्भावना न्यून रहेकाे जनाएकाे छ।

जहाज दुर्घटनामा भएको क्षतिको विवरण आउन बाँकी छ।

 

 

प्रकाशित मिति: १०:५६ बजे, बुधबार, पुस २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्