जुम्लाको चन्दननाथमा आगलागीबाट बालिकाको मृत्यु

जुम्ला, माघ २४ : जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।
आगलागी नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो ।
आगलागीबाट लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्याले आगलागी पीडितलाई सहयोग गर्न आग्रह गरे।
प्रकाशित मिति: १०:१८ बजे, मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
