बाँसबाट बनेको यस्तो छ विद्युतीय साइकल
काठमाडौं, पुस २३ : बाँसबाट विद्युतीय साइकल तयार गरिएको छ। यसको मंगलबार यलमाया केन्द्रमा प्रदर्शन गरिएको छ।
अमेरिकी संस्था फुलब्राइटसँगको सहक....

काठमाडौं, पुस २३ : बाँसबाट विद्युतीय साइकल तयार गरिएको छ। यसको मंगलबार यलमाया केन्द्रमा प्रदर्शन गरिएको छ।
अमेरिकी संस्था फुलब्राइटसँगको सहकार्यमा आबारी संस्थाले विद्युतीय साइकल बनाएको हो। आबारीले बाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आएको छ।
यो साइकलको अमेरिकाको कान्सास विश्वविद्यालयका प्राध्यापक तथा औद्योगिक डिजाइनर लान्स गोर्डन रेकले डिजाइन गरेका हुन्। रेकले काठमाडौं विश्वविद्यालयका विद्यार्थी र आबारीसँगको सहकार्यमा तीन महिना लगाएर साइकल तयार गरेका हुन्।
अहिले केही साइकल बनाएर प्रचार गर्ने उनले बताए। यो साइकलमा प्रयोग गरिएको इन्जिनको मूल्य करिब एक लाख ६० हजार रूपैयाँ रहेको छ।
प्रकाशित मिति: १०:४४ बजे, बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
