Kathmandu Press

महिला भलिबल प्रतियोगिताको उपाधिका लागि डायमण्ड र एपीएफ खेल्दै

न्यु डायमण्ड प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो भने एपीएफ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।
महिला भलिबल प्रतियोगिताको उपाधिका लागि डायमण्ड र एपीएफ खेल्दै

काठमाडौं, माघ २४ : राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली एपीएफ खेल्दैछन् । न्यु डायमण्ड प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो भने एपीएफ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

न्यु डायमण्डले ३ खेलमा ९ अङ्क र एपीएफले ३ खेलमा ६ अङ्क जोडेका छन् । यस्तै तेस्रो स्थानका लागि पनि आजै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा चलिरहेको प्रतियोगितामा ४ टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेता टोलीले तीन लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । 

प्रकाशित मिति: ०८:१९ बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्