Kathmandu Press

इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

काठमाडौं, पुस २३ : इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयल....

इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

काठमाडौं, पुस २३ : इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनेरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो । पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो। मानवीय क्षतिका सम्बन्धमा भने पेन्टागनले केही भनेको छैन।

हामीले इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका हमलाबारे थाहा पाएका छौँ। राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन्, ह्वाइट हाउस प्रवक्ताले एक विज्ञप्तिमा भनेकी छन्।

गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ।इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ। उसका अनुसार ती क्षेप्यास्त्रहरू इरानबाटै प्रहार गरिएका हुन्।

सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले यी आक्रमण गरेको हो। अल-असदमा भएको पहिलो आक्रमणको क‍ेही समयपछि एरबिलमा आक्रमण भएको अल–मयदीन टीभीले बताएको छ। इराकमा अमेरिकाका ५,००० सैनिक रहेका छन्।

प्रकाशित मिति: ०८:५३ बजे, बुधबार, पुस २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्