Kathmandu Press

इरानमा भागदौड हुँदा ५० जनाको मृत्यु 

काठमाडौं, पुस २३ : इरानको दक्षिणपूर्वी शहर केरमानमा जनरल कासिम सुलेमानीको शवयात्रामा सहभागी हुने क्रममा मङ्गलबार भएको भागदौडमा मृत्यु हुनेको सङ्ख....

इरानमा भागदौड हुँदा ५० जनाको मृत्यु 

काठमाडौं, पुस २३ : इरानको दक्षिणपूर्वी शहर केरमानमा जनरल कासिम सुलेमानीको शवयात्रामा सहभागी हुने क्रममा मङ्गलबार भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।

यसअघि दिइएको समाचारमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरलसुलेमानीको शवयात्राका क्रममा केरमानमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको थियो । उक्त घटनामा कम्तीमा २०० भन्दा बढी घाइते भएका बताइएको छ ।उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ ।

Hardik ivf

कर्मानस्थित एएफपीका संवाददाताले दिएको जानकारी अनुसार दक्षिणपूर्वी शहर केरमानका सडकहरूमा इरानका रिभोलुसनरी गाडरसका प्रमुख कमाण्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा लाखौँको सङ्ख्यामा उपस्थित शुभचिन्तकहरूले खचाखच भरिएका थिए । शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भएपनि सुलेमानीप्रति अन्तिम सम्मान प्रकट गरेका थिए ।

इरानी जनताबीच गाडरसको कुड्स बलका सुप्रसिद्ध कमाण्डर रहेका सुलेमानी इराकको राजधानी बग्दादस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएका थिए । 

प्रकाशित मिति: ०७:०१ बजे, बुधबार, पुस २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्