Kathmandu Press

यू–२० महिला साफ : अमिसाको ह्याट्रिकमा भुटानविरुद्ध नेपालको जित

नेपाललाई जित दिलाउन अमिसा कार्कीले ह्याट्रिक गरिन् भने कप्तान प्रीति राईले पनि गोल गरिन्।
यू–२० महिला साफ : अमिसाको ह्याट्रिकमा भुटानविरुद्ध नेपालको जित

काठमाडाैं, माघ २२ : बंगलादेशमा जारी यू–२० महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी भएको छ। बीएसएसएस मोस्ताफा कमल स्टेडियमा ढाकामा आज भएको नेपालले भुटानमाथि ४–०को जित निकाल्यो।

नेपाललाई जित दिलाउन अमिसा कार्कीले ह्याट्रिक गरिन् भने कप्तान प्रीति राईले पनि गोल गरिन्।

१९औं मिनेटमा अमिसाको गोलमा नेपालले सुरुआती अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा अमिसाले नै गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।

पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो पनि थप २ गोल ग¥यो। ६१औं मिनेटमा कप्तान प्रितीले नेपालका लागि तेस्रो गोल गरिन् । त्यसको एक मिनेटपछि नै अमिसाले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरिन् भने नेपाललाई ४–०को जित दिलाइन्।

यो जितसँगै ४ टिम सहभागी साफ च्याम्पियनसिपमा नेपाललेका फाइनल पुग्ने सम्भावना कायमै छ। लिगको पहिलो खेलमा नेपालले बंगलादेशसँग ३–१ले पराजित भएको थियो भने अनितम खेलमा भारतसँग खेल्ने छ।

यता, लागतार दोस्रो हारसँगे भुटान प्रतियोगिताबाट बाहिरिएको छ। भुटान पहिलो खेलमा भारतसँग १२–०ले पराजित भएको थियो। अब उसले अन्तिम खेलमा बंगलादेशलाई हराए पनि ऊ फाइनल पुग्न सक्ने छैन।

 

प्रकाशित मिति: १७:५० बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्