राष्ट्रिय महिला भलिबल : एपिएफ क्लबकाे लगातार दोस्रो जित
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आईतबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
काठमाडाैं, माघ २२ : विभागीय टोली नेपाल एपीएफ क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आईतबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
फाईनलको सम्भावना बलियो बनाउने क्रममा एपीएफले आर्मीलाई २५–१७,२५–२१ र २५–१५ ले हराएको हो। जितसँगै एपीएफको दुई खेलबाट ६ अंक जोडेको छ।
आर्मीले लगातार दोस्रो हार व्यहोर अंक बिहिन रहेको छ। प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ। लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ।
प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।