Kathmandu Press

सरकारबाट बाहिरिने रास्वपाको निर्णय 

सरकारबाट फिर्ता भएपनि रास्वपाले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने निर्णय गरेको छ।
सरकारबाट बाहिरिने रास्वपाको निर्णय 

काठमाडौं, माघ २२ : राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाका एक सदस्यले जानकारी दिए । 

सरकारबाट फिर्ता भएपनि रास्वपाले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने निर्णय गरेको ती नेताले बताए।

प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभाको २० सिट जितेको रास्वपा एक उपप्रधानमन्त्री, तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा छ। रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की छन् । पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए । 

तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा उनको सांसद पद नै खारेज गरिदिएको थियो । उक्त मन्त्रालय रास्वपाले पाउनुपर्ने लविङ गर्दै आएपनि प्रधानमन्त्रीले अस्वीकार गरेपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

बैठकको निर्णय र पार्टीको कदमबारे विस्तृत जानकारी दिन रास्वपाका सभापति रवि लामिछानेले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् । 

प्रकाशित मिति: १६:०२ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्