Kathmandu Press

ओली बाेलिरहँदा विश्वप्रकाशकाे ट्विट- संसदलाई कुण्ठा र आक्रोश पाेख्ने मञ्च नबनाऔं!

आजको बैठकमा संसद् विघटन’को पक्षमा बोल्ने साहस नराखेको भन्दै ओलीलाई उनले धन्यवाद पनि दिएका छन्।
ओली बाेलिरहँदा विश्वप्रकाशकाे ट्विट- संसदलाई कुण्ठा र आक्रोश पाेख्ने मञ्च नबनाऔं!

काठमाडाैं, माघ २२ : कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सत्तारूढ पार्टीको मुख्य नेताले विशेष समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको चुनावी भाषण सुन्न पाउनु आफ्ना लागि नौलो अनुभव रहेका बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलिरहँदा संसदबाटै शर्माले सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका हुन्। ‘सत्तारूढ पार्टीको मुख्य नेताले विशेष समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको चुनावी भाषण आज संसदमा सुन्नु मेरा लागि नौलो अनुभव रह्यो!’ उनले ट्विटरमा लेखेका छन्।

‘पिँजडा’को ‘फलामे साङ्लो’ कसिलो बनाउन जारी प्रयत्नको पक्षमा ‘सुनको बाला’को कथाको आरोप भने कमजोर तर्क रहेको पनि उनले उल्लेख गरेका छन्।

उनले प्रथम राष्ट्रपतिको चुनाव जित्दै गर्दा पनि कांग्रेस प्रतिपक्षमै रहेको बताएका छन्। ‘प्रथम राष्ट्रपतिको चुनाव जित्दै गर्दा पनि कांग्रेस प्रतिपक्षमै थियो। अतः बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, नबुझ्नेका लागि ‘ढोक्सा’! श्रद्धेय कमरेड @kpsharmaoli ‘कांग्रेस फोबिया’बाट तपाईं कहिले मुक्त हुने?’ उनले लेखेका छन्।

आजको बैठकमा संसद् विघटन’को पक्षमा बोल्ने साहस नराखेको भन्दै ओलीलाई उनले धन्यवाद पनि दिएका छन्। 

उनले संसदलाई रचनात्मक बनाउनुपर्नेमा जोड दिए। ‘संसद कसैको पनि कुण्ठा, आक्रोश र गाली व्यक्त गर्ने मञ्च नबनाऔं! विचार र विकासको जिम्मेवार बहसको थलो बनाऔं,’ उनले लेखेका छन्, ‘यो अपिल सबैभन्दा बढी मेरा जिल्लावासी कमरेड श्रद्देय  @kpsharmaoli लाई!

प्रकाशित मिति: १५:५० बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्