रविको बचाउ गर्दै ओलीले भने– अदालतको फैसलाबाट कसले न्याय पायो ?
‘प्रक्रियागत त्रुटी हुन गएछ । त्यतिमा सांसद गयो , पार्टी अध्यक्ष गयो ? गृहमन्त्री गयो ? उपप्रधानमन्त्री गयो? : ओली
काठमाडौं, माघ २२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि नै प्रश्न उठाएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले न्याय दिनु अदालतको काम भएपनि यस फैसलाले कसलाई न्याय भयो भन्नेमा आफू अझै अनभिज्ञ रहेको बताएका हुन् ।
‘यो फैसलाबाट कसले न्याय पायो ? कसले मर्काबाट उन्मुक्ति पायो ? न्याय दिने अदालतको काम हो ? कसले न्याय पायो त्यो चाही बुझिएन,’ ओली भने ।
ओलीले रिट निवेदकमाथि पनि आशंका व्यक्त गरेका छन् ।‘उजुरकर्तालाई के मर्का परेछ ?के सरोकार हो, के सम्बन्ध हो ? के कारणले उजुरी गरे मैले थाहा पाइन,’ उनले भने ।
उनले संसदको ढोका खुला देखेर रवि लामिछाने फुत्त छिरेको नभई सार्वभौम जनताबाट अत्यधिक निर्वाचित भएको पनि बताए । निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेदेखि चितवनबाट अत्यधिक मतले निर्वाचित भएको बताउँदै एउटा प्रक्रियागत त्रुटी देखाउँदै सांसद पद खारेज गर्दा कसलाई न्याय भयो भन्ने कुरा अझै प्रष्ट नभएको बताए ।
‘प्रक्रियागत त्रुटी हुन गएछ । त्यतिमा सांसद गयो , पार्टी अध्यक्ष गयो ? गृहमन्त्री गयो ? उपप्रधानमन्त्री गयो?धेरै चिजमा धक्का पर्यो, न्याय भयो कि भएन ? रविलाई न्याय भएन भने कल्ले न्याय पायो?,’ उनले भने।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

