वैदेशिक रोजगारीमा ठगी गर्नेलाई निर्मम ढंगले कारबाही हुन्छ : मन्त्री अर्याल
आइतबार सिंहदरबारमा वैदेशिक रोजगारीका क्रममा गठिएका व्यक्तिहरुबारे छलफल गर्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जानेलाई ठगि गर्नेलाई सरकारले कुनै पनि हालतमा संरक्षण नगर्ने र निर्मम ढंगले कारवाहीको दायरमा ल्याइने बताएका हुन्।
काठमाडाैं, माघ २२ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा ठगी गर्नेलाई सरकारले निर्मम ढंगले कारबाहीको दायरामा ल्याइने बताएका छन्।
आइतबार सिंहदरबारमा वैदेशिक रोजगारीका क्रममा गठिएका व्यक्तिहरुबारे छलफल गर्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जानेलाई ठगि गर्नेलाई सरकारले कुनै पनि हालतमा संरक्षण नगर्ने र निर्मम ढंगले कारवाहीको दायरमा ल्याइने बताएका हुन्।
उनले अहिले संस्थागत ठगि गरे बदनामी हुने डरले म्यानपावर कम्पनीले नै व्यक्तिलाई अघि सारेर ठगि गरेको आशंका रहेको धारणा राखे। यस क्षेत्रमा हुनेगरेको ठगिका बारेमा आफू जानकार रहेको र त्यसमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन सवैको सहयोग आवश्यक रहेको उहाले बताए।
मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई व्यवस्थीत पार्नका लागि मन्त्रालयका बिभिन्न निकायलाई निर्देशन नै दिइसकेको जानकारी दिए। उनले आफु मन्त्री भएदेखि श्रमिककै हकहितका लागि काम गरिरेहेको दाबी गरे।
श्रम, रोजगारका क्षेत्रमा काम गर्नका लागि आफुलाई सवै टिमबाट सहयोग प्राप्त भएकाले वैदेशिक रोजगारीको क्षेत्रका अन्य समस्याहरु अवगत गराउन पनि उहाले आग्रह गरे।

![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)