रास्वपा बैठक : सरकारबारे दुई धार, नेताहरु निर्णायक छलफलमा
गृहमन्त्रीकै विषयलाई लिएर सरकार छाड्दा जनतामा नकारात्मक सन्देश जाने केही सांसद तथा केन्द्रीय सदस्यहरूकाे धारणा छ।
काठमाडौं, माघ २२ : सरकारबारे ठोस निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो चरणको बैठक सकिएको छ ।
पहिलो चरणको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुले सरकारमा बस्ने या फिर्ता हुने भन्ने विषयमा आ–आफ्नो धारणा राखेका छन् ।
बैठकमा सांसद र केन्द्रीय सदस्यहरुबाट मिश्रित प्रतिक्रिया आएका छन् । केहीले सरकारबाट फिर्ता हुनुपर्ने मत राख्दा केही सांसद तथा सदस्यहरुले सरकारबाट तत्काल फिर्ता हुन नुहुने बताएका छन् ।
गृहमन्त्रीकै विषयलाई लिएर सरकार छाड्दा जनतामा नकारात्मक सन्देश जाने केही सांसद तथा केन्द्रीय सदस्यहरूकाे धारणा छ।
नेताहरुको धारणापश्चात रास्वपा निर्णायक छलफलमा जुटेको छ । बैठकले गर्ने निर्णय सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलनमा सुनाउने छन्।
बैठकअघि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता समेत गरेका थिए । प्रधानमन्त्रीसँगको छलफल सकारात्मक हुन भने नसकेको बताइएको छ ।
लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएपछि गृहमन्त्राललयलाई लिएर सत्ता गठबन्धनमा आन्तरिक संघर्ष चलिरहेको छ । लामिछाने नेतृत्वको रास्वपाले सरकार छाडे सत्ता गठबन्धन संकटमा पर्नेछ ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

