Kathmandu Press

राष्ट्रिय महिला भलिबल : न्यु डायमन्ड र एपिएफकाे जित

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको हो।
राष्ट्रिय महिला भलिबल : न्यु डायमन्ड र एपिएफकाे जित

काठमाडाैं, माघ २१ : न्यु डायमण्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको हो।

न्यु डायमण्डले आर्मीलाई २५–२०,२५–१४ र २५–१० ले हराएको हो। जितसँगै न्यु डायमण्डले पहिलो खेलमा ३ अंक जोडेको छ।

आर्मीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ , त्यस्तै शनिबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको छ।

एपीएफले पुलिसमाथि २५–२०,२५–२१ र २५–२१ को जित निकालेको हो। जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ। पुलिसले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। 

प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्नेछन्। यस्तै दोस्रो खेलमा पुलिस र न्यु डायमण्डबीच खेल हुनेछ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ। लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधिका लागि खेल्नेछ। प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रकाशित मिति: १८:१९ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्