Kathmandu Press

वार्षिकोत्सवमा ५९ जनाले गरे रक्तदान

कार्यालय परिसरमा आयोजित कार्यक्रममा ५३ जना पुरुष र ६ जना महिला गरी ५९ जनाले रक्तदान गरेको सामुदायिक सेवा केन्द्र वीरगञ्जका उपाध्यक्ष प्रमेश सर्राफले जानकारी दिए। 
वार्षिकोत्सवमा ५९ जनाले गरे रक्तदान

वीरगञ्ज, माघ २१ : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्ज मीना बजारको आठौँ वार्षिकोत्सवको अवसरमा आज ५९ जनाले रक्तदान गरेका छन्। 

कार्यालय परिसरमा आयोजित कार्यक्रममा ५३ जना पुरुष र ६ जना महिला गरी ५९ जनाले रक्तदान गरेको सामुदायिक सेवा केन्द्र वीरगञ्जका उपाध्यक्ष प्रमेश सर्राफले जानकारी दिए। 
    
रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष सर्राफले बताए।

प्रकाशित मिति: १६:३१ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्