वार्षिकोत्सवमा ५९ जनाले गरे रक्तदान
कार्यालय परिसरमा आयोजित कार्यक्रममा ५३ जना पुरुष र ६ जना महिला गरी ५९ जनाले रक्तदान गरेको सामुदायिक सेवा केन्द्र वीरगञ्जका उपाध्यक्ष प्रमेश सर्राफले जानकारी दिए।
वीरगञ्ज, माघ २१ : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्ज मीना बजारको आठौँ वार्षिकोत्सवको अवसरमा आज ५९ जनाले रक्तदान गरेका छन्।
कार्यालय परिसरमा आयोजित कार्यक्रममा ५३ जना पुरुष र ६ जना महिला गरी ५९ जनाले रक्तदान गरेको सामुदायिक सेवा केन्द्र वीरगञ्जका उपाध्यक्ष प्रमेश सर्राफले जानकारी दिए।
रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष सर्राफले बताए।
प्रकाशित मिति: १६:३१ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)