Kathmandu Press

फुलहमसँग रोकियो चेल्सी

शुक्रबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो।
फुलहमसँग रोकियो चेल्सी

काठमाडाैं, माघ २१ : जनवरी ट्रान्सफर विन्डोमा झण्डै ४ सय मिलियन युरो खर्चिएको चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ।

शुक्रबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो। चेल्सीले जनवरी ट्रान्सफर विन्डोमा ७ खेलाडी भित्र्याएको थियो। जसध्ये ४ खेलाडीलाई फुलहमविरुद्ध उसले मैदान उतारेको थियो।

उसले कीर्तिमानी १२१ मिलियन युरोपमा बेन्फिकाबाट अनुबन्धन गरेका अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेस, सख्तर डोनेस्कबाट अनुबन्धन गरेका विंगल मिखाइल मुड्रिक र मोनाकोबाट अनुबन्धन गरेका डिफेन्डर बेनाइट बाडिसिललाई सुरुआतमै खेलाएको थियो। यता, नोनी माडुकेलाई दोस्रो हाफमा मैदान छिराएको थियो।

खेलमा ६७ प्रतिशत बल पोजेसन बनाउँदै चेल्सीले १२ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो भने फुलहमले १० सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

जारी सिजन खराब प्रदशर्न गरिरहेको चेल्सी प्रशिक्षक ग्राहम पोर्टर आएपछि १५ खेलमा २० अंक मात्र जोड्न सकेको छ।

प्रकाशित मिति: ०८:४२ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्