Kathmandu Press

अल नासरमा रोनाल्डोले गरे पहिलो गोल

साउदी प्रो लिग अन्तर्गत शुक्रबार राति भएको अल फतेहविरुद्ध रोनाल्डोले अल नासरका लागि पहिलो गोल गरे।
अल नासरमा रोनाल्डोले गरे पहिलो गोल

काठमाडाैं माघ २१ : कीर्तिमानी मूल्यमा साउदी अबेरियाको क्लब अल नासरमा आबद्ध भएका पोर्चुजिग सुपर स्टा क्रिस्टियानो रोनाल्डोले क्लबमा पहिलो गोल गरेका छन्। साउदी प्रो लिग अन्तर्गत शुक्रबार राति भएको अल फतेहविरुद्ध रोनाल्डोले अल नासरका लागि पहिलो गोल गरे।

अल नासरका लािग रोनाल्गोको यो तेस्रो खेल हो। यसअघिका दुई खेलमा उनी गोल गर्न असफल थिए।

रोनाल्डोल गोल गरेको खेलमा उनको टिम अल नासर अल फतेह २-२ गोलको बराबरीमा सकियो। खेलमा दुई पटक पछि परेको अवस्था उल्टाउँदै अल नासरले बराबरी खेल्यो।

खेलको १२औं मिनेटमा क्रिस्टियन टेलेको गोलमा अल फतेहले सुरुआती ग्रता लियो। ४२औं मिनेट टलिस्काले गोल गरेपछि पहिलो हाफमा खेल १-१को बराबरीमा सकियो।

५८औं मिनेमा सोफयान बेन्डेब्काले पुनः फतेहलाई अग्रता दिलाए। हार तर्फ उन्मूख भएको अल नारसलाई रोनाल्डोे इन्जुरी समयमा गोल गर्दै बराबरीमा ल्याए। उनले इन्जुरी समयको तस्रो मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।

यो बराबरी पछि पनि अल नासर साउदी प्रो लिगको शीर्ष स्थानमै छ। अल नासरले १५ खेलमा ३४ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको अल असबाबको पनि ३४ अंक नै छ।

प्रकाशित मिति: ०८:०३ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्