Kathmandu Press

‘बलात्कार जस्तो गम्भीर अभियोग लागेकाे व्यक्तिलाई राष्ट्रिय टिममा राख्नु क्यानकाे गल्ती’

सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारमा निर्णय गर्दै गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार दिन नमिल्ने बताएका हुन् । 
‘बलात्कार जस्तो गम्भीर अभियोग लागेकाे व्यक्तिलाई राष्ट्रिय टिममा राख्नु क्यानकाे गल्ती’

काठमाडाैं, माघ २० : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार जस्तो गम्भीर अभियोग लागेकाे व्यक्तिलाई  राष्ट्रिय टिममा फर्काएर नेपाल क्रिकेट संघ क्यानले गलत गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारमा निर्णय गर्दै गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार दिन नमिल्ने बताएका हुन् । 

‘मेरो धारणा स्पष्ट छ, 'बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न,’ उनले लेखेका छन्। 

उनले अघि लेखेका छन्, ‘पुनः दोहोर्‍याउन चाहन्छु- बलात्कारजस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ।’

थापाले एक साताअघि क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको समेत बताएका छन्। 

लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा राखेपछि अहिले तीव्र आलोचना भएको छ। जघन्य अपराधको अभियोग लागेका सन्दीपलाई राष्ट्रिय टिममा राख्न नहुने भन्दै आलोचना भएको हो।

बिहीबार साँझ सन्दीपलाई क्यानले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गरिएको थियो।

सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश पोखिरहेका छन्।

प्रकाशित मिति: १९:३७ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्