Kathmandu Press

‘संसद्मा प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’

‘संसद्मा प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’
Hardik ivf

भक्तपुर, माघ २० : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसद्मा प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्ने बताएका छन। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको २१औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको १४औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले संसद्मा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक ननिभाइरहेको बताए। उनले भने, 'सत्ता पक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्नुपर्छ । त्यसको लागि प्रमुख प्रतिपक्ष सँधै तयार हुनुपर्छ ।'

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप सर्कलका शैक्षिक संस्था जनताको आशाको केन्द्रको रुपमा स्थापित भएको बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदारीकरणको नाउँमा शिक्षालाई निजीकरण गरिँदा गरिब जनताका छोराछोरीका लागि उच्च शिक्षा हासिल गर्नु चुनौतीपूर्ण बन्दै गइरहेको बताए ।
        
भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, त्रिवि इञ्जिनीयरिङ अध्ययन संस्थानका डीन प्रा डा शशिधरराम जोशी, पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका डीन प्रा देवीप्रसाद भट्टराईलगायतले समुदायमा आधारित ख्वप इञ्जिनीयरिङ कलेजले देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गरिरहेको बताउँदै कलेजको शैक्षिक र भौतिक अवस्था प्रशंसनीय भएको बताए।

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्