Kathmandu Press

एम्बाप्पे कम्तिमा तीन साता मैदान बाहिर

एम्बाप्पे कम्तिमा तीन साता मैदान बाहिर

काठमाडौं, माघ २० : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे कम्तिमा तीन साता मैदान बाहिर रहने भएका छन्।

थाइ इन्जुरीका कारण एम्बाप्पे ३ हप्ता मैदान बाहिर रहने भएका हुन्।

फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति मोन्टपेलियरविरुद्धको खेलमा उनले २१ औं मिनेटमै चोट बोकेर बाहिरिएका थिए।

चोट निको हुन अझै केही समय लाग्ने भएकाले उनले आगामी फेब्रुअरी १४ मा यूएफ च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा जर्मन च्याम्पियन बायर्न म्युनिखविरुद्धको खेल गुमाउने भएका हुन्।

पहिलो लिगमा बायर्नले पीएसजीको भ्रमण गर्ने तालिका छ । यस्तै २४ वर्षीय एम्बाप्पेले फ्रेन्च कपमा मार्सेविरुद्धको खेल र त्यसको तीन दिनपछि लिग वानमा मोनाकोविरुद्धको खेल पनि गुमाउने छन्।

प्रकाशित मिति: ०८:०१ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्