Kathmandu Press

राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ २१ देखि  २४ गतेसम्म

राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ २१ देखि  २४ गतेसम्म

काठमाडौं, माघ १८ : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि  २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ ।

यसमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेष्ट भलिबल क्लब छन्।

नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिगकम नकआउट’का आधारमा खेल सञ्चालन गरिनेछ।

प्रतियोगिताको विजेताले रु तीन लाख  पुरस्कार पाउनेछन् भने उपविजेताले एक लाख ५० हजार पाउनेछ्न । त्यस्तै तेस्रो हुने टोलीलाई ७५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १६:०५ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्