Kathmandu Press

क्यानले गर्‍याे खेलाडीको वर्गीकरण : विनोद भण्डारी ‘ग्रेड सी’ मा, सन्दीप परेनन् 

पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् । 
क्यानले गर्‍याे खेलाडीको वर्गीकरण : विनोद भण्डारी ‘ग्रेड सी’ मा, सन्दीप परेनन् 
Hardik ivfHardik ivf

काठमाडौं, माघ १८ : नेपाल क्रिकेट संघले सेन्ट्रल कन्ट्र्याक्टका लागि खेलाडीहरुको बर्गीकरण गरेको छ । पोखरामा बसेको क्यानको कार्यसमिति बैठकले खेलाडीहरुको बर्गीकरण गरेको हो । 

क्यानले ए, बी र सी ग्रेडमा खेलाडीहरुको बर्गीकरण गरेको हो । जसमा पुरुषतर्फ ग्रेड ‘ए’ मा ५ जना, ‘बी’ मा  तीन जना र ‘सी’ मा  १० खेलाडी परेका छन् । महिलातर्फ ग्रेड ‘ए’ र ‘बी’ मा तीन तीनजना परेका छन् । ग्रेड ‘सी’ मा ६ जना रहेका छन्। 

पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् । 

ग्रेड ‘बी’ मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल रहेका छन् भने ग्रेड ‘सी’ मा  कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्शन कुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवके यादव छन् । 

नाबालिग बलात्कार प्रकरणमा सर्वोच्चले धरौटीमा रिहा गरेका सन्दीप लामिछानेमाथि क्यानले निलम्बन फुकुवा गरेपनि बर्गीकरणमा भने सामेल गराएको छैन। 

महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् । ग्रेड ‘बी’ मा  काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य रहेका छन् भने ग्रेड ‘सी’ मा कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम रहेका छन् । 

 

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्