सानिमा र लक्ष्मी बैंकले झण्डै दुई अर्बको ‘म्युचुअल फण्ड’ ल्याउँदै
काठमाडौं, पुस २१ : शेयर बजारमा सुधारको संकेत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन्।
नेपाल धितोपत....

काठमाडौं, पुस २१ : शेयर बजारमा सुधारको संकेत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन्।
नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैंक र लक्ष्मी बैंकको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन्। ती योजना कूल एक अर्ब ८० करोड रुपैयाँ बराबरको छ। ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैंकको सामूहिक लगानी कोष योजना एक अर्ब रुपैयाँ बराबरको छ। योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ।
यस्तै लक्ष्मी बैंकले प्रवद्र्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना ८० करोड रुपैयाँ बराबरको छ। योजनामा कूल आठ करोड एकाइ बिक्री गरिनेछ। ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ। छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ। नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोषको कारोबार भइरहेको छ। रासस










-1754206481.jpg)
