Kathmandu Press

राष्ट्रिय महिला भलिबल माघ २१ देखि काठमाडौंमा

प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप माघ २१ देखि २४ गतेसम्म दशरथ रंगशालामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।
राष्ट्रिय महिला भलिबल माघ २१ देखि काठमाडौंमा

काठमाडाैं, माघ १८ : शेरबहादुर खड्का स्मृतिः प्रतिष्ठानको आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण माघ २१ गतेदेखि काठमाडौंमा हुने भएको छ।

प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप माघ २१ देखि २४ गतेसम्म दशरथ रंगशालामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।

Hardik ivf

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेता टोलीलाई नगद तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसंगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ।

पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले राष्ट्रिय प्रतियोगिताले भलिबलको स्तर विकासका सहयोग पुग्ने बताए। उहाले नेपालको भलिवल क्षेत्रको पूर्वाधारलाई बलियो बनाउन संघको ध्यान केन्द्रीत रहेको धारणा राखे।

पत्रकार सम्मेलनमा प्रतिष्ठानले मुख्य प्रायोजक बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकसँग सम्झौता पनि गरेको छ।

प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपि नेरोलेकका कन्ट्री डिरेक्टर मनोज कुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। प्रतियोगिताको अनुमानित बजेट करिब ४० लाख रुपैयाँ रहेको छ। 

प्रकाशित मिति: १३:१८ बजे, बुधबार, माघ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्