Kathmandu Press

स्मार्ट लाइसेन्स छाप्न दुई सिफ्टमा मासप्रिन्ट चलाइँदै

काठमाडौं, पुस २१ : स्मार्ट लाइसेन्स छाप्न यातायात व्यवस्था विभागले दैनिक दुई सिफ्टमा मासप्रिन्ट चलाउन थालेको छ।

मागअनुसार, स्मार्ट लाइसेन्स ....

स्मार्ट लाइसेन्स छाप्न दुई सिफ्टमा मासप्रिन्ट चलाइँदै

काठमाडौं, पुस २१ : स्मार्ट लाइसेन्स छाप्न यातायात व्यवस्था विभागले दैनिक दुई सिफ्टमा मासप्रिन्ट चलाउन थालेको छ।

मागअनुसार, स्मार्ट लाइसेन्स छाप्न नसकिएपछि विभागले गत भदौमा नयाँ मासप्रिन्ट ल्याएको थियो। अहिले नयाँ मेसिनबाट बिहान ७ देखि राति १० बजेसम्म दुई सिफ्टमा स्मार्ट लाइसेन्स प्रिन्ट भइरहेको विभागले जनाएको छ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रत्येक दिन चारदेखि पाँच हजारका दरले लाइसेन्स प्रिन्ट भइरहेको बताए। ‘सुरुआती चरणमा दुई सिफ्ट गरेर दैनिक १० घण्टा प्रिन्ट भइरहेको छ। माघदेखि मेसिन पूर्णरुपमा सञ्चालनको तयारी गरेका छौं,’ महानिर्देशक हमालले भने।  

विभागले दिनमा तीन सिफ्टमा मेसिन सञ्चान गर्ने तयारी गरेको छ। ‘मासप्रिन्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि प्रतिघण्टा चार सय ५० वटाका दरले लाइसेन्स प्रिन्ट हुन्छन्,’ उनले भने।

मंसिर अन्तिम साताबाट नयाँ मेसिनले स्मार्ट लाइसेन्स छाप्न सुरू गरेको हो। अहिलेसम्म ५० हजार स्मार्ट लाइसेन्स प्रिन्ट भएको हमालले बताए।

अहिले करिब आठ लाख लाइसेन्स वितरण गर्न बाँकी छ। पुराना प्रिन्टरले काम नगर्दा लाइसेन्स छाप्न नसकिएको विभागको भनाइ छ। ट्रायल पास भएका र नविकरणका लागि निवेदन दिएका चालकहरूले डेढ वर्षदेखि नयाँ लाइसेन्स पाएका छैनन्।

देशभरका १७ वटा यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाहरुको चालक अनुमतिपत्र छपाई यातायात व्यवस्था विभागले गर्दै आएको छ। २०७२ बाट कागजी लाइसेन्सलाई विस्तापित गरि स्मार्ट लाइसेन्स वितरणको प्रक्रिया सुरू गरिएको थियो। तर, चार वर्षसम्म समस्या उस्तै छ।

अब धेरै समय नलाग्ने विभागका निर्देशक हमालको भनाइ छ। ‘मेसिन ल्याएको केहि महिना सञ्चालनमा समस्या हुँदा लाइसेन्स वितरण रोकिएको हो,’ निर्देशक हमालले भने, ‘पुसमा मेसिन सञ्चालनदेखि अन्य प्राविधिक कुराको अवलोकन ग¥यौं। माघदेखि पूर्ण क्षमतामा सञ्चालनको हुन्छ। केही महिनाभित्रै स्टक भएका सबै लाइसेन्ट प्रिन्ट गरेर वितरण गरिसक्छौं।’

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, पुस २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्