Kathmandu Press

क्यानको कार्यसमिति बैठक आज, सन्दीप निलम्बन फुकुवा मुख्य एजेण्डा 

नेपाल टी–ट्वान्टी लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा बैठकको मुख्य एजेन्डा रहेका छन्। क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–ट्वेन्टी लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमितिनै दुई भागमा विभाजित भएको छ।
क्यानको कार्यसमिति बैठक आज, सन्दीप निलम्बन फुकुवा मुख्य एजेण्डा 

काठमाडौं, माघ १७ : नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज पोखरामा बस्दैछ। 

नेपाल टी–ट्वान्टी लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा बैठकको मुख्य एजेन्डा रहेका छन्। क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–ट्वेन्टी लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमितिनै दुई भागमा विभाजित भएको छ।

केही दिन अघि छुम्बी लामासहित ७ केन्द्रीय सदस्यले दोषी पदाधिकारीको राजीनामा माग गरेका थिए। आजको बैठकपछि कार्यसम्पादन समितिका केही पदाधिकारीले राजीनामा दिन सक्ने सम्भावनासमेत छ।

टी–ट्वान्टी लिगको रणनीतिक तथा कमर्सियल पार्टनर भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता, फिक्सिङ सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनले दिएका सुझावका बारेमा पनि बैठकमा छलफल हुनेछ।

बैठकले निलम्बनमा रहेका सन्दीप लामिछानेलाई टिममा बोलाउने, नबोलाउनेबारे पनि निर्णय गर्ने बुझिएको छ । 

प्रकाशित मिति: ०८:२० बजे, मंगलबार, माघ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्