बौद्धिक जमातले तास फिटे झै सरकारका कामलाई नकारात्मक प्रचार गरे : प्रधानमन्त्री ओली
काठमाडौं, फागनु २ : प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्धिक भन्ने जमातले सरकारले गरेका हरेक कार्यक्रममा झाँजो हालेको आरोप लगाएका छन् ।
प्रधान....
काठमाडौं, फागनु २ : प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्धिक भन्ने जमातले सरकारले गरेका हरेक कार्यक्रममा झाँजो हालेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओली ‘जनताको जलविद्युत कार्यक्रम’ घोषणा समारोहलाई सम्बोधन गर्दै बौद्धिक जमातविरुद्ध खनिएका हुन् । “नेपालमा बौद्धिकहरूले तीन बुक तास फिटेभन्दा बढी सरकारको कुरालाई फिटेर प्रचार गरिरहेका छन्,” प्रधानमन्त्री ओलीले भने ।
सरकार एकवर्ष पुगेको अवसरमा हरेक दिन नयाँ कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै सरकारले गर्ने कार्यक्रममा धेरै नकारात्मक भएर हुनै नसक्ने तर्क नगर्न समेत ओलीले बौद्धिक जमातलाई आग्रह गरेका छन् ।
नेपालको इतिहासमै यो सरकारले धेरै कामहरू अगाडि बढाइरहेको दावी समेत प्रधानमन्त्री ओलीले गरेका छन् । नेपालमा एउटा जमातले आधारबीनै धेरै कार्यक्रम टिकाटिप्पणी गर्ने गरेको आरोप समेत प्रधानमन्त्रीले लगाएको छन ।






