Kathmandu Press

पाकिस्तानको एक मस्जिदमा शक्तिशाली विष्फोट, ५९ जनाको मृत्यु

पाकिस्तानको एक मस्जिदमा शक्तिशाली विष्फोट, ५९ जनाको मृत्यु

काठमाडौं, माघ १७ : पाकिस्तानको पेशावर सहरमा रहेको एक मस्जिदमा भएको बम विष्फोटमा ५९ जनाको मृत्यु भएको छ। आक्रमणकारीले मस्जिदको सुरक्षाका लागि खटिएका प्रहरीलाई लक्षित गरी विष्फोट गराएको बताइएको छ। 

आक्रमणमा १५० मानिस घाइते भएका छन् भने उनीहरुको अस्पतालमा उपचार भइरहेको छ। सहरको लेडी रिडिङ अस्पतालका चिकित्सकका अनुसार केही घाइतेहरुको अवस्था गम्भिर रहेको छ। 

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक बयान जारी गर्दै भनेका छन्, ‘आतंकवादीले पाकिस्तानका रक्षकहरुलाई निशाना बनाएर भयानक माहोल बनाउन चाहिरहेका छन्।’

अहिलेसम्म आक्रमणको कसले जिम्मेवारी लिएको छैन। तर पाकिस्तानी तालिबनाले आक्रमण गराएको हुनसक्ने अनुमान गरिएको छ। 

स्थानीय मिडियाका अनुसार उक्त मस्जिदमा करिब ३०० देखि ४०० सम्म प्रहरी सुरक्षाका लागि तैनाथ थिए। यो मस्जिद सहरको निकै सुरक्षित मानिने क्षेत्रमा रहेको छ। जहाँ प्रहरीको मुख्यालय समेत रहेको छ। साथै यहाँ आतंकवादविरुद्ध लड्ने ब्यूरोको दफ्तर पनि रहेको छ। 

प्रकाशित मिति: ०७:२९ बजे, मंगलबार, माघ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्