Kathmandu Press

अष्ट्रेलियाको डढेलोबाट झण्डै ५० करोड जनावर मरेको अनुमान

अष्ट्रेलियामा लागेको डढेलोले झण्डै ५० करोड जनावर मरेको अनुमान गरिएको छ। न्यू साउथ वेल्स राज्यमा मुख्य बासस्थान रहेको कोआलाको एक तिहाइ संख्या पनि डढेलोले नष्ट गरेको अनु....

अष्ट्रेलियाको डढेलोबाट झण्डै ५० करोड जनावर मरेको अनुमान

अष्ट्रेलियामा लागेको डढेलोले झण्डै ५० करोड जनावर मरेको अनुमान गरिएको छ। न्यू साउथ वेल्स राज्यमा मुख्य बासस्थान रहेको कोआलाको एक तिहाइ संख्या पनि डढेलोले नष्ट गरेको अनुमान छ।

सिड्नी विश्वविद्यालयका पर्यावरणविद्ले सेप्टेम्बरदेखि अष्ट्रेलियामा लागेको डढेलोले ४८ करोड स्तनधारी, चरा र सरिसृप मारेको अनुमान गरेका छन्। थुप्रै राज्य आजसम्मकै चर्को हिटवेभ र बाक्लो धुँवामा घेरिएका थिए। त्यसैगरी डढेका कोआला, भाग्दै गरेका कंगारू र मरेका चराका तस्बिरले सामाजिक सञ्जाल छ्याप्छ्याप्ती भरिएका थिए।

वातावरण मन्त्री सुसन लेका अनुसार बढीमा आठ हजार कोआला मरेको अनुमान छ। एउटा रेडियो कार्यक्रममा बोल्दै न्यू साउथ वेल्सका झण्डै ३० प्रतिशत प्राजति नाश भएको हुनसक्ने लेले बताइन्। राज्यको मध्य उत्तरी छेऊमा अष्ट्रेलियाका धेरैजसो कोआला पाइन्छन्। उनीहरूको संख्या १५ देखि २८ हजारसम्म भएको अनुमान छ। त्यो मुख्य बासस्थानको ३० प्रतिशत पनि नष्ट भएको लेले बताइन्।

“डढेलो नियन्त्रणमा आएपछि हामीलाई पूर्ण जानकारी हुनेछ। त्यसका लागि उचित अध्ययन पनि गर्नुपर्छ,” उनले भनिन्।

विपद्ले कोआलाको संख्या र बासस्थानमा पारेको प्रभावबारे सुनुवाइ गर्न न्यू साउथ वेल्स राज्य सरकारले डिसेम्बरमा जरूरी सिनेट डाकेको थियो। नेचर कन्जर्भेसन काउन्सिलका पर्यावरणविद् मार्क ग्राहमले तिव्र गतिमा सल्किएको डढेलोबाट बच्न कोआलासँग छिटो गरि भाग्न सक्ने क्षमता नभएको बताए।
“डढेलो यति सल्कियो कि रूखमा बस्ने जनावरको उल्लेखनीय संख्या मारिएको छ। अझै पनि ठूलो क्षेत्रा डढेलो लागेको छ। सायद हामीले त्यहाँका शव कहिले पाउने छैनौं,” उनले भने।

पश्चिमी अष्ट्रेलियाको वेस्टर्न ग्राउन्ड प्यारोट र कंगारू आइल्यान्ड डन्नार्ट लगायतका अन्य प्रजाति पनि प्रभावित भएको लेले बताइन्। “म वातावरण मन्त्री हुँ। मेरा लागि मात्रै नभएर अष्ट्रेलिया सरकार लागि पनि सबै जीवजन्तु उत्तिकै महत्त्वपूर्ण छन्,” लेले भनिन्।

न्यू साउथ वेल्सस्थित क्वामामा डढेलोले नष्ट गरेको घरको सुरक्षा गरिरहेका लरेन्स गुडहार्टले मरेका धेरै जनावरहरू देखेको बताए। “जताततै चरा मरेका छन्। तिनीहरू आकाशबाट खसे,” उनले भने।

उनकै पार्टीका प्रधानमन्त्री स्कट मोरिसन भने सरकारको जलवायु नीतिबाट पछि हट्न वा देशको नाफामुखी र फैलिदों कोइला उद्योग घटाउन चाहँदैनन्।  “जलवायु परिवर्तन ठूलो मुद्दा हो। हामीले हाम्रो भूमिका खेलिरहेका छौं,” वातावरण मन्त्री ले भन्छिन्,“हामी हाम्रो लक्ष्य भेटिरहेका छौं। त्यसो गर्नु महत्त्वपूर्ण छ।”

दक्षिण अष्ट्रेलिया, भिक्टोरिया र पश्चिम अष्ट्रेलियामा पनि “इमरजेन्सी” स्तरको डढेलो लागेको छ। क्रिसमस यता कम्तिमा दश जनाले ज्यान गुमाएका छन्। न्यू साउथ वेल्समा मात्रै झण्डै १३ सय घर नष्ट भएका छन्। न्यू साउथ वेल्सको रूरल फायर सर्भिसले सयभन्दा धेरै स्थानमा डढेलो लागेको जनाएको छ।

नयाँ वर्षको पुर्वसन्ध्यामा डढेलो लागेपछि भिक्टोरियाको पूर्वी समुद्री किनारमा स्थानीय र पर्यटक समुद्री किनारमा शरण लिन वा डुङ्गाबाट भाग्न बाध्य भएपछि उद्धारका लागि सेना खटाइएको छ।
 

प्रकाशित मिति: ०७:०४ बजे, सोमबार, पुस २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्