Kathmandu Press

एपिएफलाई हराउँदै गण्डकीले जित्यो टाइगर कप भलिबल उपाधि

शनिबार पोखरा रंगशालाको कभर्ड हलमा भएको फाइनलमा विभागीय टिम एपिएफ क्लबलाई ३–२ले हराउँदै गण्डकीले उपाधि जितेको हो।
एपिएफलाई हराउँदै गण्डकीले जित्यो टाइगर कप भलिबल उपाधि

काठमाडाैं, माघ १४ : टाइगर कप भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ। शनिबार पोखरा रंगशालाको कभर्ड हलमा भएको फाइनलमा विभागीय टिम एपिएफ क्लबलाई ३–२ले हराउँदै गण्डकीले उपाधि जितेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट एपिएफले २५–१६ ले जितेको थियो । त्यसपछिका लागतार दुई सेट गण्डकीले २५–१८ र २५–१९ले जित्दै खेलमा ३–१को अग्रता बनायो।

चौथो सेटमा एपिएफले जित्नै खेल २–२को बराबरीमा ल्यायो। निकै प्रतिस्पर्धात्मक बनेको चाथो सेट एपिएफले २८–२६ले जितेको थियो। पाचौं सेट १५–८ले जित्दै गण्डकीले उपाधि जित्यो ।

उपाधिसँगै गण्डकीले ५ लाख रुपैयाँ प्राप्त गर्दा एपिएफले २ लाख ५० रुपैयाँ प्राप्त गर्‍यो ।

फाइलन खेल तनावग्रस्त बनेको थियो । खेलाडी र दर्शक दुवैले संयमता गुमाउन पुग्दा एपीएफ र गण्डकी समर्थक दर्शकबीच आपसमा बोत्तल हानाहान भएको थियो। सोही खेल फाइनल केहीबेर रोकिएको थियो ।

यस्तै महिलातर्फको उपाधि एपिएफले उचालेको छ। शनबिार बिहान भएको फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा जित निकाल्यो।

प्रकाशित मिति: १९:०० बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्