साबलेन्काले जितिन् पहिलो ग्रान्डस्लाम
पाँचौं वरियताकी साबलेन्काले काजकिस्तानकी एलिना रेबाकिनालाई एलिनालाई ४–६, ६–३ र ६–४ ले हराउँदै अस्ट्रेलियन ओपन जितिन्।
काठमाडाैं, माघ १४ : बेलारुसकी आर्यना साबलेन्काले पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा अस्ट्रेलियन ओपन जितेकी छिन्।
शनिबार मेलबर्नमा भएको फाइनलमा पाँचौं वरियताकी साबलेन्काले काजकिस्तानकी एलिना रेबाकिनालाई एलिनालाई ४–६, ६–३ र ६–४ ले हराउँदै अस्ट्रेलियन ओपन जितिन्।
मेलबर्न पार्कमा भएको फाइलन २ घण्टा २८ मिनेट चलेको थियो । पहिलो सटमा पछि परेर उपाधि जितेको यो सातौं ग्रान्डस्लाम फाइनल हो।
यता, रेबानिका भने दोस्रो पटक ग्रान्डस्लामको फाइनल पुगे पनि उपाधिबाट बञ्चित भइन्।
प्रकाशित मिति: १८:३२ बजे, शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











